Skip

Hamro Sanchar

छाेरिकाे लागि न्याय माग्दै गृहमन्त्रीकहाँ आइपुगे गरिमा चौधरीका आमा-बाबु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ६ गते


Advertisement

काठमाडौं । बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका बुबाआमा सरकारसँग वार्ता गर्न काठमाडौं आइपुगेका छन् ।

वार्ता गर्न गरिमाका बुवा मनोज र आमा मानमती चौधरी गृह मन्त्रालय पुगेका छन् । उनीहरुसँगै कृषिमन्त्री गीता चौधरी पनि गृह मन्त्रालय पुगेकी छिन् ।

वार्तामा गृहमन्त्री सुधन गुरुङसमेत उपस्थित रहने छन् । गत साउन ३१ गते बिहान ८ बजे घरबाटै हराएकी गरिमाको शव तीन दिनपछि फेला परेको थियो ।

जितपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमाको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्