Skip

Hamro Sanchar

रास्वपाका सांसद नै सरकारविरुद्ध बोल्न थालेपछि रविले बोलाए बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ३ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मन्त्रीसहित प्रतिनिधिसभामा रहेका पार्टीका सांसदहरूको बैठक बोलाएका छन् ।

रास्वपाका केही सांसदको भाषा र मर्यादामाथि प्रश्न उठेपछि सभापति लामिछानेले बैठक बोलाएका हुन् ।

बिहान ११ बजे बोलाएको बैठकमा उनले संसद् र समितिमा प्रयोग भएको भाषा र गतिविधिलाई लिएर प्रश्न उठेका सांसदहरूलाई निर्देशन दिने रास्वपा स्रोतले जानकारी दिएको छ ।

रास्वपाका सांसदहरू नै सरकारविरुद्ध बोल्न थालेपछि सभापति लामिछानेले मन्त्रीलाई समेत बैठकमा बोलाएका छन् ।

किन आफ्नै पार्टीका सांसदहरूले सरकारको आलोचना गरिरहका छन् भन्नेबारे पनि बैठकमा छलफल हुने स्रोतले जानकारी दिएको छ ।


प्रतिकृया दिनुहोस्