Skip

Hamro Sanchar

विमानस्थलबाट गाँजासहित ८ जना विदेशी नागरिक पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ३ गते


Advertisement

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम ‘थाई गाँजा’ सहित आठ विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले ३९ दशमलव २८ किलोग्राम ‘थाई गाँजा’ सहित पाँच म्यान्मारका र तीन भारतीय नागरिकलाई आज पक्राउ गरेको हो ।

ब्यूरोका सहप्रवक्ता, प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार पक्राउ पर्नेमा थाइल्यान्डको बैंककबाट थाई एयरवेजको उडानमार्फत आएका पाँच म्यान्मारका नागरिक छन् ।

यस्तै, थाइल्यान्डकै फुकेटबाट बाटिक एयरवेजको उडानबाट नेपाल आएका तीन भारतीय नागरिक छन् । प्रहरीले पक्राउ परेकासँग गाँजासहित आठ थान राहदानी र आठ थान मोबाइल बरामद गरेको छ ।

पक्राउ परेका सबैमाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको सहप्रवक्ता निरौलाले बताए ।


प्रतिकृया दिनुहोस्