Skip

Hamro Sanchar

जनकविलाई प्रधानमन्त्री बालेनको श्रद्धाञ्जली : उहाँले देखाएको मार्गमा निरन्तर हिँडिरहनेछौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २ गते


Advertisement

२ भदौ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले जनकवि श्रेष्ठका सिर्जना, विचार र योगदान नेपाली समाजमा सधैँ जीवित रहने उल्लेख गरेका छन् ।

श्रेष्ठको चर्चित सिर्जना ‘सय थरी बाजा एउटै ताल’ र ‘फूलको आँखामा फूलै संसार’लाई समेत स्मरण गर्दै प्रधानमन्त्री शाहले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उहाँले देखाउनुभएको मार्गमा हामी निरन्तर हिँडिरहनेछौँ, प्रधानमन्त्री शाहले भनेका छन् ।

 

 


प्रतिकृया दिनुहोस्