Skip

Hamro Sanchar

स्कारपियो दुर्घटनामा परि न्यायाधीश सहित ६ जना घाइते, कस्तो छ अवस्था ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २ गते


Advertisement

२ भदौ, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेलमा आज बिहान स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रजिस्ट्रार तारादत्त बडुसहित ६ जना घाइते भएका हुन्।

अन्य घाइतेमा स्कारपियो चालक दाङ राप्ती नगरपालिका-८ का ३२ वर्षीय छुनिलाल चौधरी, रजिस्ट्रा बडुकी श्रीमती ४९ वर्षीया लक्ष्मी बडु, छोरा २५ वर्षीय रितेन्द्र बडु र दिदी ३१ वर्षीया रिता बडु छन्।

लक्ष्मी बडुको अवस्था गम्भीर छ भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। बिहान करिब ७ बजे काठमाडौँबाट वीरगन्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो भीमफेदी–६ जुरीखेलमा अनियन्त्रित भई सडकबाट करिब ५०र६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो।

घाइते सबैलाई उद्धार गरी भीमफेदी अस्पतालमा उपचारका लागि पठाइएको र थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्