Skip

Hamro Sanchar

रिहा भएपछि पत्रकार किशोर श्रेष्ठको अठोट : भने, सत्य लेख्न डराउँदिनँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २ गते


Advertisement

२ भदौ, काठमाडौं । पत्रकार किशोर श्रेष्ठले जीवित रहेसम्म सत्य लेख्न नडराउने अठोट लिएका छन्।

सर्वोच्चको परमादेशपछि सोमबार साँझ रिहा भएका उनले भने, जबसम्म जीवित छु । सत्य लेख्न डराउँदिनँ ।

समाचारको विषयमा चित्त नबुझेपछि एक युवतीले उजुरी गरेको आधारमा प्रहरीले श्रेष्ठलाई गत बुधबार पक्रेको थियो ।

उनले सञ्चालन गर्दै आएको जनआस्थाको कार्यालयबाट सञ्चार उपकरणहरू पनि प्रहरीले उठाएर लगेको थियो ।

प्रकरणमा सर्वोच्च अदालतले श्रेष्ठलाई रिहा गर्न परमादेश दिएपछि उनी रिहा भएका हुन् ।


प्रतिकृया दिनुहोस्