Skip

Hamro Sanchar

काठमाडौं आइपुगे भारतीय सेना प्रमुख सेठ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ३१ गते


Advertisement

३१ साउन, काठमाडौं । भारतीय सेनाका प्रमुख जनरल धिरज सेठ ४ दिने नेपाल भ्रमणका लागी काठमाडौं आइपुगेका छन् ।

प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल आएका सेठले भ्रमणका क्रममा उच्चस्तरीय भेटघाट तथा विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।

उनको भ्रमणका क्रममा नेपाल र भारतबीचको सैन्य सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल हुने बताइएको छ । भारतीय सेना प्रमुख सेठ बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


प्रतिकृया दिनुहोस्