३१ साउन, काठमाडौं । मुग्लिन-काठमाडौं सडक ८ घण्टापछि दुईतर्फी खुलेको छ । पहिरो पन्छाएसँगै आज बिहान सवा ६ बजेपछि सडक सञ्चालनमा आएको हो ।
चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित सडकमा गएराति १०:२५ मा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।
सडकमाथिबाट रुखसहितको सुक्खा पहिरो खस्दा अवरुद्ध बनेको सडक पन्छाउन ५ वटा उपकरण प्रयोग गरिएको थियो।
पहिरो पन्छाइसँगै अहिले बिहान सवा ६ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ ।































