Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गगन लक्षित मोहनको कटाक्ष : बोकाले दाईं हुँदैन, गोरु चाहिन्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २९ गते


Advertisement

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

इतर पक्षको भेलालाई सम्बोधन गर्दै सरकारलाई समेत डोर्‍याएर मुलुकलाई निकास दिने हैसियत राख्ने राजनेता देउवा नै भएको बताए।

विशेष महाधिवेशनका पक्षधरलाई खरानी दस्ताको संज्ञा दिदै उनले उनले गगन थापाबाट पार्टी नचल्ने बताए। उनले गगनले कांग्रेसलाई भष्मखरानी बनाएको आरोप लगाएका छन्।

उनले थपे, ‘बोकाले दाइँ हुने भए गोरु चाहिँदैन। त्यसकारण आज पार्टी चलेको छैन, पार्टी बर्बाद भएको छ, भष्म खरानी भएर गएको छ।’

उनले देउवाको नेतृत्वमा वडा, पालिका, प्रदेश, सङ्घ र राष्ट्रिय सभामा समेत बहुमतको अवस्थामा पुर्‍याएको बताए।

 


प्रतिकृया दिनुहोस्