Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कास्कीमा २ वटा पुल बग्दा मन्दिरमा फसे ३ जना, उद्दार जारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २९ गते


Advertisement

२९ साउन, कास्की । अविरल वर्षापछि आएको बाढीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाएको छ।

आज बिहान करिब २:१५ बजे मोदीखोलामा आएको बाढीले अन्नपूर्ण गाउँपालिका–५ र ६ को सीमाना नयाँपुल–बिरेठाँटी सडकखण्डनजिक रहेका दुईवटा पुल बगाएको हो।

मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरतर्फ आवतजावत गर्न प्रयोग हुने कास्की र पर्वततर्फका दुईवटा मेटल पुलसँगै मन्दिरको आधा भागसमेत नदीले बगाएको प्रहरीले जनाएको छ।

बाढीका कारण मन्दिरमा एक जना सन्त पुजारी र दुई जना भक्तजन गरी तीन जना फसेको खबर प्राप्त भएपछि उनीहरूको उद्धारका लागि सशस्त्र प्रहरी परिचालन गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं। २४ कालिका गण कास्कीबाट चार जना रोप रेस्क्यु तथा तीन जना गोताखोरसहितको उद्धार टोली घटनास्थल पुगेको छ। आवश्यक विपद् उद्धार सामग्रीसहित सुरक्षाकर्मीको टोली बिहान साढे २ बजे घटनास्थलतर्फ परिचालन गरिएको थियो।

मन्दिरमा फसेका तीनै जनाको उद्धार प्रयास भइरहेको डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।


प्रतिकृया दिनुहोस्