Skip

Hamro Sanchar

पहिरोले घर पुर्दा बाजुरामा १ जना बेपत्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २९ गते


Advertisement

२९ साउन, काठमाडौं । बाजुरामा पहिरोमा परी एकजना बेपत्ता भएका छन् । दुईजना घाइते भएका प्रहरीले बताएको छ ।

त्रिवेणी नगरपालिका–९ ताम्सुमा वर्षापछि आएको पहिरोमा दुईजना सामान्य घाइते भएका हुन् । सोही पहिरोमा एकजना बेपत्ता भएका छन् ।

पहिरोले दुई घरमा क्षति पुगेको छ । त्रिवेणी नगरपालिका–९ ताम्सु बस्ने ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोमा परी क्षति भएको छ । सोही घरपरिवारका दुईजना सामान्य घाइते भएको र एकजना बेपत्ता हुन् ।

बेपत्ता व्यक्तिको खोजी भइरहेको प्रहरीले बताएको छ ।


प्रतिकृया दिनुहोस्