Skip

Hamro Sanchar

सम्पादक श्रेष्ठ पक्राउ पछि बिहानै जनआस्थाको कार्यालयमा प्रहरीको छापा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २८ गते


Advertisement

२८ साउन, काठमाडौं । प्रहरीले जनआस्था साप्ताहिक तथा जनआस्था डटकमको कार्यालयमा छापा मारेको छ।

बुधबार सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेपछि बिहीबार कार्यालयमा उनको कार्यकक्षमा र समाचार कक्षमा छापा मारेको जनआस्थाका एक पत्रकारले जानकारी दिएका छन् ।

यसअघि हिजो राति घरबाटै श्रेष्ठ पक्राउ परेपछि राति १ बजे फेरि प्रहरीको टोली घर पुगेर छापा मारेको थियो ।


प्रतिकृया दिनुहोस्