Skip

Hamro Sanchar

कोसी सरकारबाट कांग्रेसका मन्त्रीले दिए राजीनामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २७ गते


Advertisement

काठमाडौं । कोसी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले आज राजीनामा दिएका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष उनीहरूले राजीनामा बुझाएका हुन् । कार्की नेतृत्वको सरकारमा कांग्रेसबाट चारमन्त्री र एकजना राज्यमन्त्री थिए ।

​कांग्रेसका तर्फबाट सरकारमा सहभागी भौतिक पूर्वाधार विकासमन्त्री ​प्रदीपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरणमन्त्री ​भीम पराजुली,​ उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, स्वास्थ्यमन्त्री ​मानबहादुर लिम्बू र भौतिक पूर्वाधार विकास राज्यमन्त्री ​शोभा चेम्जोङले राजीनामा दिएका हुन् ।

​एमाले र कांग्रेसबीचको सहमाति बमोजिम २०८१ भदौ २८ गते कांग्रेस कोसी सरकारमा सहभागी भएको थियो । त्यसपछि २०८२ पुस २२ गते मन्त्रिपरिषद् पुनर्गठन हुँदा ती मन्त्रीहरू नियुक्त भएका थिए ।

 


प्रतिकृया दिनुहोस्