Skip

Hamro Sanchar

भेरी नदीमा जीप खस्यो, कति जना सवार थिए ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २७ गते


Advertisement

२७ साउन, काठमाडौं । छिन्चु-जाजरकोट सडकखण्ड अन्तर्गत सल्यानको बनगाड कुपिन्डे नगरपालिका-१ घोरेरीबाट यात्रुबाहक जीप भेरी नदीमा खसेको छ ।

बालुवा संग्रहीबाट सल्लीबजारतर्फ जाँदै गरेको लु १ ज ३०२२ नम्बरको जीप दुर्घटना भएर नदीमा खसेको हो ।

चार जना सवार उक्त जीप नदीमा खस्दा दुई जना बेपत्ता भएका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी दीपक पातलीका अनुसार दुई जना पौडी खेलेर बाँचेका छन् ।

प्रारम्भिक सूचना अनुसार बेपत्ता हुनेमा चालक र जीपका मालिक रहेका छन् ।

पौडी खेलेर निस्किनेमा बनगाड कुपिण्डे नगरपालिका- १ आपखोलीका २९ वर्षीय प्रेम विक र सोही ठाउँका २१ वर्षका खुमलाल बुढाथोकी रहेका छन् । बेपत्ता दुई जनाको भने पहिचान खुल्न बाँकी छ ।


प्रतिकृया दिनुहोस्