Skip

Hamro Sanchar

प्रहरीमा भर्ना गरिदिन्छु भन्दै १० लाख ठग्ने ठग पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २७ गते


Advertisement

२७ साउन, काठमाडौं । प्रहरीमा भर्ती गराइदिने भन्दै १० लाख ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा पर्वत फलेवास नगरपालिका–१ का हरिबहादुर रसाइली रहेका छन् ।

उनले आफ्नो गृह मन्त्रालयको विशिष्ट अधिकारीसँग राम्रो सम्बन्ध रहेको, अन्तर्वार्तामा नाम प्रकाशित गरीदिन्छु भन्दै ठगी गरेको पाइएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार रसाइलीलाई बबरमहलबाट पक्राउ गरिएको हो ।

उनको थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए । यस्तै, रसाइली बैङ्किङ कसुरसम्बन्धी मुद्दामा फरार देखिएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्