Skip

Hamro Sanchar

भारतीय र चिनियाँ राजदूतलाई भेट्दै प्रधानमन्त्री बालेन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २४ गते


Advertisement

२४ साउन, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले नेपालका निम्ति भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन् ।

सोमबार सिंहदरबारमा प्रधानमन्त्रीसँग उनीहरूले बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री बालेनले विदेशी राजदूतहरूलाई पहिलोपटक एक्लाएक्लै भेट दिन लागेका हुन् । उनले यसअघि ‘प्रोटोकल’ नमिल्ने भन्दै राजदूतहरूसँग एक्लै भेट्न मानेका थिएनन् ।

प्रधानमन्त्री बालेनले यसअघि दुईपटक राजदूतहरूलाई सामूहिक शिष्टाचार भेट दिएका थिए ।


प्रतिकृया दिनुहोस्