Skip

Hamro Sanchar

मनिष झाको टिप्पणी : राज्य चलाउन बालेन सरकारको ढंग पुगेन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २२ गते


Advertisement

२२ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद मनिष झाले राज्य प्रणाली सञ्चालनमा ढंग पुर्‍याउनुपर्ने बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वास मूल मन्त्र राखेर राज्य सञ्चालन गर्दा उपलब्धि हासिल हुने धारणा राखे ।

उनले वालेन्द्र शाह नेतृत्वको सरकारको ढंग नपुगेको हो कि भन्ने आफूलाई लागेको सुनाए । झाले आफूलाई थाहा नभएको कुरा अरुबाट सिक्नुपर्ने बताए ।

त्यस्तै, उनले सरकारको दिगोपनको स्टेक होल्डर नै असुरक्षित भएको बताए । मधेश, प्रवाश र निजीक्षेत्र असुरक्षित हुनु दुर्भाग्य भएको टिप्पणी गरेका छन ।


प्रतिकृया दिनुहोस्