Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भारतीय सेना प्रमुख किन आउँदैछन् नेपाल ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २१ गते


Advertisement

२१ साउन, काठमाडौं । भारतीय स्थल सेनाका प्रमुख जनरल धीरज सेठ आगामी साउन ३१ गते पाँचदिने औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन् ।

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।

भ्रमणका क्रममा जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरिने कार्यक्रम रहेको बताइएको छ ।

तर नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले भने भारतीय स्थल सेना प्रमुखको भ्रमणबारे आफूलाई औपचारिक जानकारी प्राप्त नभएको बताएका छन्।

नेपाल र भारतबीच रहेको विशेष सांस्कृतिक, धार्मिक, ऐतिहासिक तथा मैत्रीपूर्ण सैन्य सम्बन्धको निरन्तरताका रूपमा दुवै देशले एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा कायम राखेका छन्।

सन् १९५० देखि निरन्तर जारी यो अभ्यासलाई दुई देशका सेनाबीचको घनिष्ठ सम्बन्ध, आपसी विश्वास र सहकार्यको प्रतीकका रूपमा हेरिँदै आएको छ ।


प्रतिकृया दिनुहोस्