२१ साउन, काठमाडौं । भक्तपुरबाट कंलकी रुटमा चल्ने सार्वजनिक बस ग्वार्कोस्थित फ्लाइओभरमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
आज बिहान पौने ११ बजे भक्तपुरबाट कलंकीतर्फ आइरहेको बा १ ख ३५९० नम्बरको गाडी ग्वार्कोस्थित फ्लाइओभरमा ठोक्किदा गाडीमा सवार यात्रुको मृत्यु भएको हो ।
उपचारको क्रममा ती यात्रुको मृत्यु भएको जिल्ला प्रहरी परिसर, ललितपुरका सूचना अधिकारी एसपी गौतम मिश्रले बताए । उनका अनुसार बसमा सवार १६ जना घाइते भएका छन् । जसमा ११ महिला र पाँच पुरुष रहेका छन् ।
घाइते सबैको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई नियन्त्रणमा लिइएको एसपी गौतमले जानकारी दिए ।































