Skip

Hamro Sanchar

बृद्ध  भत्ता बुझेर घर फर्किदै गरेका वृद्धलाई खाेलाले बगायाे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २१ गते


Advertisement

२१ साउन, रोल्पा । रोल्पामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ ।

सुनछहरी गाउँपालिका १ फुलिबन नजिकै रहेको बाच्छे खोलाले बुधबार एक वृद्धलाई खोला तर्ने क्रममा बगाएको हो ।

सामाजिक सुरक्षा (बृद्ध) भत्ता बुझेर गाउँपालिकाको केन्द्र पोबाङ्बाट फर्कदै गरेका सुनछहरी गाउँपालिका९१ घुसबाङका ७३ वर्षका मसान घर्तीमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै अर्का जोखै घर्ती मगर घाइते भएको र घाइते घर्तीलाई स्थानीय र प्रहरीले उद्धार गरि पचारका लागि सुलिचौर पठाइएको छ ।


प्रतिकृया दिनुहोस्