१९ साउन, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ४ हजार २ सय रुपैयाँले वृद्धि भई २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ ।
मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँ थियो ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँले बढेर ४ हजार ४७५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस ४ हजार १२७ र चाँदीको मूल्य प्रतिऔँस ६० अमेरिकी डलर कायम भएको छ ।































