
१९ साउन, काठमाडौं । नेपाली सेनाका अधिकृतलाई थर्काएको घटनाबारे रास्वपा सांसद राजु पाण्डेले प्रस्टीकरण दिएका छन् ।
आज एक वक्तव्य जारी गर्दै उनले सत्य नबुझी घटनाबारे भ्रम फैलाइएको आरोप लगाएका छन् । सेनाप्रति आफ्नो सधैँ सम्मान रहेको उनले बताएका छन् ।
पाण्डेले सैन्य अधिकृतलाई हप्कीदप्की गरेको भिडियो सामाजिक सञ्जालमा छाएको छ ।
आज साँझ सार्वजनिक भएको पाण्डेको वक्तव्यमा मिति भने हिजो १८ साउनकै राखिएको छ ।































