
काठमाडौं । प्रधानमन्त्री बालेन शाह बालेन्द्र र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ ।
आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो । उक्त भेटमा देशको वर्तमान सुरक्षा अवस्था र समसामयिक विषयमा छलफल भएको बताइएको छ।
आजै गोकर्णेश्वरस्थित सैनिक ब्यारेकको पर्खाल भत्काएर सडक बनाएको विषयमा बालेन निकटका सांसद राजुनाथ पाण्डे र सैनिक अधिकृतबीच विवाद भएको सन्दर्भमा प्रधानमन्त्रीसँग भएको भेटलाई जोडिएको छ ।
तर सैनिक उच्च अधिकारीले भने प्रधानमन्त्रीले रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकाले यसलाई नियमित भेटको प्रक्रिया भएको बताएको छ ।
त्यस्तै, भेटमा सुनसरी र सिरहामा हालै भएका हिंसात्मक घटना र त्यसपछिको सुरक्षा स्थितिको बारेमा पनि समीक्षा गरिएको छ ।






























