
१८ साउन, काठमाडौं । चितवनस्थित मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको छ ।
आज दिउँसो मुग्लिन बजारनजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको थियो ।
दिउँसो करिब साढे ३ बजे दुईतर्फी नै बाटो सञ्चालनमा ल्याइएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
सोही सडकखण्डको नाम्सी पुलमा पनि पहिरोले अवरुद्ध बनेको बाटो यसअघि खुलाएर सवारीसाधन दुईतर्फी सञ्चालनमा ल्याइएको थियो






























