Skip

Hamro Sanchar

सुनकोसीमा कार खस्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १८ गते


१८ साउन, काठमाडौं । सुनकोसी नदीमा एउटा कार खसेको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२, नवपुरबाट कार सुनकोसी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी रवीन्द्रबहादुर सिंहले बताए ।

बससँग ठोक्किएर कार नदीमा खसेको हो । प्रहरीका अनुसार, चालकसहित तीनजना बेपत्ता भएका छन् । बेपत्ताहरूको खोजीकार्य जारी राखिएको छ ।

खुर्कोट हुँदै सिन्धुली जाँदै गरेको वाग्मती प्रदेशको ०८-००१ ख ०१४४ नम्बरको बसले कारलाई ठक्कर दिएको हो ।


प्रतिकृया दिनुहोस्