Skip

Hamro Sanchar

मनसुनजन्य विपद्का घटनामा परि १ जनाको मृत्यु,२० घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १७ गते


१७ साउन, काठमाडौं । मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)का अनुसार शनिबार बिहान १० बजेदेखि आइतबार बिहान १० बजेसम्म देशका २५ जिल्लामा ३४ वटा विपद्का घटना भएका छन् ।

ती घटनामध्ये सर्पको टोकाइबाट एकजनाको मृत्यु भएको र २० जना घाइते भएका हुन्।

उक्त अवधिमा सर्पदंशका १४,आगलागीका ११,पहिरोका छ र जनावर आक्रमणका तीन घटना भएका छन् । ती घटनाबाट २७ लाख २५ हजार बराबरको अनुमानित क्षति भएको छ । साथै, दुई स्थानमा सडक अवरुद्ध भएको र १८ चौपायाको क्षति भएको छ।

यसैबीच,प्राधिकरणले गत वैशाख १ देखि आज बिहानसम्म देशभर चार हजार ५३ वटा विपद्का घटना भएका,ती घटनामा १९६ जनाको मृत्यु,चारजना बेपत्ता र एक हजार २९१ जना घाइते भएका जनाएको छ । विपद्बबाट पाँच हजार १८८ परिवार प्रभावित भएका छन् ।


प्रतिकृया दिनुहोस्