Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अब अमेरिका जान नेपालीले १५ देखि ३० लाखसम्म धरौटी राख्नुपर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १७ गते


Advertisement

१७ साउन,काठमाडौँ। अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि पर्यटक (बी–२) र व्यापारिक (बी–१) भिसामा धरौटी राख्ने व्यवस्थालाई स्थायी रूपमा लागू गर्ने निर्णय गरेको छ।

नयाँ व्यवस्थाअनुसार नेपाली आवेदकले भिसा प्राप्त गर्नुअघि १० हजारदेखि २० हजार अमेरिकी डलरसम्म (करिब १५ देखि ३० लाख रुपैयाँ)धरौटी राख्नुपर्नेछ।

यसअघि परीक्षणका रूपमा लागू गरिएको व्यवस्थामा ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी तोक्ने गरिएको थियो।

अमेरिकी विदेश मन्त्रालयका अनुसार भिसाको अवधि सकिएपछि पनि गैरकानुनी रूपमा अमेरिकामा बस्ने (ओभरस्टे)प्रवृत्ति नियन्त्रण गर्न यो नियमलाई स्थायी बनाइएको हो।

दक्षिण एसियाबाट नेपाल, बंगलादेश र भुटानसहितका देशहरू यस नियममा समेटिएका छन्। साथै, भिसा अस्वीकृत भएमा वा भिसाको अवधि सकिनुअघि नै नियमअनुसार स्वदेश फर्किएमा धरौटी रकम पूर्ण रूपमा फिर्ता हुने मन्त्रालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस्