
१६ साउन, काठमाडौं । पाकिस्तानको
ब्रड पिक हिमालमा गएको हिमपहिरोमा बेपत्ता भएका विश्वकीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को निधन भएको पुष्टि भएको छ।
उनीसँगै अभियानमा रहेका अन्य आरोहीहरूले पनि ज्यान गुमाएको जानकारी सार्वजनिक गरिएको छ।
निर्मल पुर्जाले स्थापना गरेको इलाइट एक्सपेड ले आधिकारिक वक्तव्यमार्फत दुस्खद घटनाको पुष्टि गर्दै ब्रड पिकमा गएको हिमपहिरोमा परी निम्सदाइको निधन भएको जनाएको हो।
संस्थाले जारी गरेको सन्देशमा गहिरो शोक व्यक्त गर्दै उक्त अभियानमा सहभागी अन्य सदस्यहरूले पनि दुखद रूपमा ज्यान गुमाएको जानकारी प्राप्त भएको उल्लेख गरेको छ।
ब्रड पिक आरोहणका क्रममा गएको हिमपहिरोमा कुल १० जना अन्तर्राष्ट्रिय आरोही सम्पर्कविहीन भएका थिए।
बेपत्ता हुनेहरूमा नेपालका निर्मल पुर्जा (निम्स दाई), पुरबहादुर गुरुङ (युक्ता), किली पेम्बा शेर्पा (किलु), निमा शेर्पा, नवाङ थिन्दु शेर्पा, ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ जोङ तथा अमेरिकाकी मेलोरी गिस रहेका थिए।
विश्व पर्वतारोहण क्षेत्रमा असाधारण योगदान दिएका निर्मल पुर्जाको निधनसँगै नेपालले एक प्रतिष्ठित पर्वतारोही गुमाएको छ।






























