Skip

Hamro Sanchar

गगन थापा भन्छन् : राजनीति शक्ति र सत्ताको मोहबाट विचलित भयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १६ गते


१६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीति शक्ति र सत्ताको मोहबाट विचलित भएको बताएका छन्।

आज सानेपामा आयोजित ‘विपद पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै उनले राजनीतिलाई सत्ता र शक्तिको संकुचित घेराबाट बाहिर निकालेर जनसेवाको प्रभावकारी माध्यम बनाउनुपर्नेमा जोड दिए।

सभापति थापाले राजनीति नागरिक र मानव सेवाको सबैभन्दा ठूलो माध्यम भएको उल्लेख गर्दै सत्ता र शक्तिलाई लक्ष्य होइन, जनसेवाको साधन बनाउनुपर्ने बताएका छन् ।

थापाले कांग्रेसको स्थापना नागरिक सेवाको भावनाबाट भएको स्मरण गराउँदै बदलिँदो परिस्थितिमा पार्टीले संगठनात्मक सुदृढीकरणसँगै वैचारिक र सामाजिक गतिविधिलाई पनि सँगसँगै अघि बढाउनुपर्ने बताए ।


प्रतिकृया दिनुहोस्