Skip

Hamro Sanchar

सिरहामा प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङविरुद्ध नाराबाजी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १५ गते


१५ साउन, काठमाडौं । सिरहामा प्रधानमन्त्री बालेन्द्र शाह बालेन र गृहमन्त्री सुदन गुरुङविरुद्ध नाराबाजी लागेको छ ।

प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध गोली लागेर मृत्यु भएका गणेश यादवका आफन्त र छिमेकीले विरोध प्रदर्शन गरेका हुन् ।

सुनसरी घटनलाई लिएर बिहीबार सिरहाको गोलबजारमा भएको प्रदर्शनको क्रममा मृत्यु भएका औरही गाउँपालिका– २ तुलसियाहीका १५ वर्षीय गणेश यादवको परिवारलाई गृहमन्त्रीले भेट्दै छन् । यो खबर थाहा पाएपछि स्थानीयले त्यहाँको बनिनिया चोकमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले मृतकले न्याय नपाउञ्जेल गृहमन्त्रीलाई प्रवेश निषेध गर्ने बताएका छन् । हातमा प्लेकार्ड बोकेर बालेन सरकार र गृहमन्त्रीविरुद्ध उनीहरुले नाराबाजी गरेका छन् ।

गोली प्रहार हुँदा १५ वर्षीय बालकको मृत्यु भएकोमा स्थानीय आक्रोशित छन् ।


 


प्रतिकृया दिनुहोस्