Skip

Hamro Sanchar

अप्ठ्यारो अवस्था आएपछि मधेसका नेतासँग छलफलमा प्रधानमन्त्री बालेन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १५ गते


काठमाडौं । मधेसको अवस्था बिग्रेपछि प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल सुरु गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफल सुनसरीलगायत मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे केन्द्रित छ ।

छलफलमा डा.सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समीम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउतलगायत नेता सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस्