
काठमाडौं । जनकपुरमा जारी कर्फ्यु बिहान २ घण्टाका लागि केहि खुकुलो पारिएको छ ।
जिल्ला प्रशासन कार्यालय, धनुषाले बिहीबारबाट जारी गरेको कर्फ्यु बिहान ६ देखि ८ बजेम्मका लागि केही खुकुलो बनाएको हो ।
कर्फ्युको समयमा आम सर्वसाधारणको दैनिकीलाई सहज बनाउन बिहान ६ बजे देखि ८ बजेसम्म दूध, तरकारी, फलफूल, खाद्यान्नलगायत अत्यावश्यक बस्तुहरू खरिद गर्न आंशिक रुपमा खुकुलो गरिएको छ । यस समयभित्र सामान खरिद गरी आफ्नो निवासतर्फ फर्कन पनि प्रशासनले आग्रह गरेको छ ।
कर्फ्युको समयमा अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, सवबहान, पानी तथा दूध बोकेका सवारीलगायत अत्यावश्यक सेवाहरु सुचारु हुने सूचनामा उल्लेख छ ।
स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, रेडक्रसकर्मी, तिर्थयात्री, बिरामी, एयरपोर्ट जाने र फर्कने यात्रु तथा तिनलाई लिनजाने ब्यक्तिलाई परिचयपत्र वा प्रमाण बोकेर आवतजावत गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले आग्रह गरेको छ ।






























