Skip

Hamro Sanchar

‘रेड नोटिस’ जारी भएका व्यक्ति कतारबाट पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १४ गते


१४ साउन, काठमाडौं । जबर्जस्ती करणी मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका ३२ वर्षीय जनक राई कतारबाट पक्राउ परेका छन् ।

एनसीबी कतार दोहाको समन्वयमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्नेरगराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ ।

सो मुद्दामा संलग्न रही फरार उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्न एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ चैत १९ गते रेड नोटिस जारी भएको थियो ।

उनलाई सम्बन्धित कसुरबमोजिम कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भोजपुरमा बुझाइने प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।


प्रतिकृया दिनुहोस्