
१३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेतामा प्रधानमन्त्री वालेन्द्र शाह मनोनीत भएका छन् ।
सभापति रवि लामिछानेले गरेको सुरूकै प्रस्ताव केन्द्रीय समिति बैठकले पारित गर्दै बालेनलाई वरिष्ठ नेता मनोनित गर्ने निर्णय गरेको हो ।
फागुन २१ गतेको निर्वाचनअघि बालेन समूह रास्वपामा समाहित भएपछि वरिष्ठ नेताको पद खडा गरिएको थियो ।
त्यसपछि विधान संशोधन गरेर दुई वा सोभन्दा बढी वरिष्ठ नेता राख्ने व्यवस्था गरिएको थियो ।
बैठक दिउँसोदेखि वनस्थलीस्थित केन्द्रीय कार्यालयमा जारी छ । अन्य पदाधिकारीहरूको टुंगो नलागेको रास्वपा स्रोतले बताएको छ ।





























