Skip

Hamro Sanchar

शेखर गोल्छा १ करोड धरौटीमा रिहा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १२ गते


काठमाडौं । व्यवसायी शेखर गोल्छा धरौटीमा रिहा भएका छन् ।  गोल्छा काठमाडौं जिल्ला अदालतको आदेशमा आज रिहा भएका हुन् ।

थुनछेक बहसका क्रममा गोल्छालाई इजलासले १ करोड धरौटीमा छाड्न आदेश दिएको थियो ।

जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले मंगलबार सुनुवाइ गर्दै गोल्छालाई दुई कसुरमा छुट्टाछुट्टै धरौटी निर्धारण गरी रिहाइको आदेश गरेको हो ।

गोल्छालाई बिमा सम्बन्धी कसुरमा ७५ लाख र धितोपत्र सम्बन्धी सुरमा २५ लाख रुपैयाँ धरौटी निर्धारण गरिएको हो ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको थियो ।


प्रतिकृया दिनुहोस्