Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पहिरोले घर भत्किँदा लमजुङमा बाबुछोरीको मृत्यु, आमाछोरीको अवस्था गम्भीर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १२ गते


Advertisement

१२ साउन, लमजुङ । लमजुङमा पहिरोले घर भत्किँदा घाइते बाबुछोरीको मृत्यु भएको छ।

मध्यनेपाल नगरपालिका–७ भाटबेसीँमा गएराति कुलो भत्किएर आएको बाढीको कारण पहिरो जाँदा घर भत्किएको हो। घटनामा एकै परिवारका चार जना घाइते भएका थिए।

घाइतेमध्ये ५९ वर्षीय टीकाबहादुर विक र उनकी १५ वर्षीया छोरी बिनिता विकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

पहिरोमा पुरिएर टीकाबहादुरकी पत्नी ५० वर्षीया शुकमाया विक र अर्की छोरी १६ वर्षीया अस्मिता विक गम्भीर घाइते भएकी छन्।

उनीहरूको हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा उपचार भइरहेको छ।

गम्भीर घाइते बाबुछोरीको उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामै मृत्यु भएको हो।

विक परिवार विष्णु दत्त सुवेदीको दुईतले घरमा बस्दै आएका थिए। ढुङ्गा–माटोले बनेको कच्ची घर गएराति करिब अढाई बजे पहिरोमा परेको हो।

 

 


प्रतिकृया दिनुहोस्