Skip

Hamro Sanchar

कर्फ्यु उल्लंघन गर्दै सुनसरीमा प्रदर्शन, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ११ गते


११ साउन, सुनसरी । सुनसरीको देवानगन्ज–३ कप्तानगन्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि विरोध प्रदर्शन चर्किएको छ ।

कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारीले इनरुवा, लौकही र कप्तानगन्ज क्षेत्रमा प्रदर्शन गरेका छन् भने पूर्वपश्चिम राजमार्गमा टायर बालेर सडक अवरुद्ध पारेका छन् ।

झडप र प्रहरी कारबाहीमा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन् ।

स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्या परिचालन गरिएको छ ।


प्रतिकृया दिनुहोस्