
९ साउन, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिक पार्किङ गरिएको कारभित्र एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार मृतक तारकेश्वर नगरपालिका–९ निवासी ४१ वर्षीया रश्मी रिजाल हुन् । शनिवार दिउँसो कारको पछाडिको सिटमा उनको जलेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको भन्दै प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ। प्रहरीले पोस्टमार्टम रिपोर्ट र अनुसन्धानपछि घटनाबारे थप विवरण सार्वजनिक गर्ने जनाएको छ ।






























