Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, के भन्छन् डाक्टर ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ९ गते


Advertisement

९ साउन, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको २४औँ सत्याग्रह तेस्रो दिनमा प्रवेश गर्दा उनको स्वास्थ्य अवस्था थप कमजोर बन्दै गएको छ।

डा। केसीको उपचारमा संलग्न चिकित्सक डा। अमृत जैशीका अनुसार शुक्रबार राति ५६ एमजीरडीएल रहेको ब्लड सुगर आज बिहान ६ बजे गरिएको परीक्षणमा घटेर ५० एमजीरडीएलमा पुगेको छ।

साथै, उनको रक्तचापमा पनि उतारचढाव ९फ्लक्चुएसन० देखिएको चिकित्सकहरूले बताएका छन्।

डा. जैशीका अनुसार डा. केसीलाई मांसपेशी बाउँडिने, बोल्न असहज हुने तथा केही समयअघि खुट्टाको शल्यक्रिया गरिएकाले शौचालय जानसमेत कठिनाइ भइरहेको छ

उनको स्वास्थ्य अवस्थाको निरन्तर निगरानीका लागि सेती प्रादेशिक अस्पतालका फिजिसियन डा। गजेन्द्र दुवालको नेतृत्वमा मेडिकल टोलीले नियमित परीक्षण र उपचार गरिरहेको छ।

 


प्रतिकृया दिनुहोस्