
३१ असार, काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले आज कुवेतमा रहेका अमेरिकी अड्डामा आक्रमण गरेको छ।
आईआरजीसीले कुवेतमा रहेका क्षेप्यास्त्र तथा हवाई रक्षा राडार र क्षेप्यास्त्र प्रक्षेपण प्याड नष्ट गरिएको दाबी गरेको छ।
आईआरजीसीले अमेरिकाले दक्षिणी इरानका धेरै स्थानमा आक्रमण गरेको बताएको छ।
उसका अनुसार होवेजेह सहरमा रहेको गहुँ गोदाम र इलामको देहलोरानमा रहेको मिनरल वाटर कारखानामा पनि अमेरिकाले आक्रमण गरेको छ।
त्यसैको जवाफमा इरानले कुवेतस्थित अमेरिकी अड्डामा हवाई हमला गरेको हो।
यसअघि इरानी सञ्चारमाध्यमले कुवेतमा ुड्रोन आक्रमणु गरिएको उल्लेख गर्दै हमलाको प्रतिकार गर्न देशको रक्षा प्रणाली सक्रिय गरिएको रिपोर्ट गरेका थिए।
आक्रमणबाट के कति क्षति भयो भन्ने विषयमा रिपोर्ट प्राप्त भइसकेको छैन ।





























