Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ट्रम्पको धम्की : आज राति इरानविरुद्ध भीषण हमला गर्नेछौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २४ गते


Advertisement

२४ असार, काठमाडौं । अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति इरानविरुद्ध भीषण हमला गरिने धम्की दिएका छन्।

शान्ति सम्झौता समाप्त भएको घोषणा गरेका ट्रम्पले टर्कीमा आयोजित नेटो शिखर सम्मेलनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका साथ पत्रकारहरूसँग कुरा गर्दै इरानबारे सोधिएको प्रश्नमा मंगलबार राति निकै कडा प्रहार गरेको बताएका हुन्।

यस क्रममा उनले थपे, ‘मैले उनीहरूलाई पहिले नै थोरै चेतावनी दिएको थिएँ। हामी आज राति फेरि उनीहरूलाई ९इरानविरुद्ध० कडा हमला गर्नेछौँ।’

उनले दोहोर्‍याएर भने, ‘आज राति ठुलो आक्रमण हुन सक्छ।’

त्यसपछि अमेरिकाका रक्षामन्त्री पिट हेगसेथले पनि चेतावनी दिए, ‘यदि त्यस्तो आक्रमण भयो भने इरानका निकै भित्री क्षेत्रहरूलाई निसाना बनाइनेछ।


प्रतिकृया दिनुहोस्