Skip

Hamro Sanchar

देउवा पुत्रलाइ ७ दिन भित्र आउन भन्दै सम्पत्ति शुद्धीकरण विभागले काट्यो पत्र

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २३ गते


२३ असार, काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई ७ दिने पुर्जी काटेको छ ।

पुर्जीमा सम्पत्ति शुद्धीकरण जाँचबुझका क्रममा केही बुझ्नु पर्ने भएकाले ७ दिन भित्र विभागमा आउन भनिएको छ । पूर्जी बुढानिलकण्ठमा रहेको देउवाको घरमा टाँस गरिएको छ ।

विभागले जयवीरका बुबासहित आमा आरजुलाइ यसअघि नै बोलाइसकेको छ । देउवा दम्पतीले विभागलाई साउन मसान्तसम्ममा आउने जानकारी गराइसकेका छन् ।

 


प्रतिकृया दिनुहोस्