Skip

Hamro Sanchar

प्रधानमन्त्री बालेनलाई आङ्देम्बेको सुझाव : तपाईंले ‘भाइरल’ हुने बाटो अब त्याग्नुपर्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २२ गते


२२ असार, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई सुझाव दिएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै आङ्देम्बेले
‘भाइरल’ हुन छाड्न सुझाव दिएका हुन् ।

प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेख्नुलाई नै प्रभावकारी ठान्ने गरेको टिप्पणी गरेका छन् ।

“प्रधानमन्त्री संसद्मा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा सन्देश लेख्नुलाई प्रभावकारी ठान्नुहुन्छ भने जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्थाको गरिमा कसरी कायम रहन्छ ?,” उनले प्रश्न गरे ।

लोकतन्त्रमा लोकप्रिय र उत्तरदायी हुनु एउटै विषय नभएको उनले बताए । आङ्देम्बेले भाइरल हुने बाटो भुल्न आग्रह गरे ।

“सामाजिक सञ्जालमा भाइरल हुन सजिलो छ, तर देशको प्रधानमन्त्रीको रूपमा गहन र गम्भप्र भएर कार्य गर्न गाह्रो छ,” उनले भने, “त्यसैले प्रधानमन्त्रीज्यू, तपाईंले भाइरल हुने बाटो अब त्याग्नुपर्छ, भुलिदिनुस् । तपाईं देशको प्रधानमन्त्री भइसक्नुभयो ।”

उनले प्रधानमन्त्रीका रूपमा सही ढंगले ‘ड्राइभ’ गर्न आग्रह गरे । प्रधानमन्त्री दुर्घटनामा पर्दा देश नै दुर्घटनामा पर्ने उनले बताए। संसद्मा विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने अभ्यास पनि उनले सम्झाएका छ।


प्रतिकृया दिनुहोस्