Skip

Hamro Sanchar

बालेन सरकारलाई रामकुमारीको प्रश्नस् भदौ २४ को घटनाको छानबिन कहिले हुन्छ ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २३ गते


२३ चैत, काठमाडौं । नेकपा एमालेकी राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले गत भदौ २३ र २४ गते भएको जेनजि आन्दोलनलाई लिएर बालेन सरकारलाई प्रश्न गरेकी छन् ।

आज राष्ट्रियसभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेकी उनले उक्त घटनाको निष्पक्ष छानबिन कहिले हुन्छ भन्दै सरकारलाई प्रश्न गरेकि हुन् ।

साथै झाँक्रीले भदौ २४ गते भएको सिंहदरबारलगायतका घटनाको सत्य तथ्य सार्वजनिक गर्न ढिलाइ गर्न नहुनेमा समेत जोड दिएकी छन्।

नवयुवाहरूलाई गलत तरिकाले परिचालन गरी सिंहदरबारजस्ता स्थानहरूमा भएको क्षतिप्रति आफू भावुक बनेको उल्लेख गर्दै उनले घटनाको वास्तविकता सार्वजनिक हुनुपर्ने जोड दिइन्।

सांसद झाँक्रीले सरकारले समस्यालाई लुकाएर सबै ठीकठाक छ भन्ने सन्देश दिने प्रयास गर्नु उचित नहुने पनि बताइन्।


प्रतिकृया दिनुहोस्