
काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल थुनामुक्त भएका छन् ।
शुक्रबार पक्राउ परेका अग्रवालको बयान आज सकिएपछि थुनामुक्त गरिएको सम्पत्ति शुद्धीकरण विभागका प्रमुख गजेन्द्र ठाकुरले जानकारी दिएका छन् ।
शंकरका छोरा सुलभ अग्रवाललाई भने थुनामै राखिएको छ । सुलभ आइतबार विभागको सम्पर्कमा पुगेका थिए ।
विभाग प्रमुख ठाकुरले भने, ‘‘शंकरको हकमा हामीले बयान सकेर छाडेका हौँ । उहाँलाई राख्नुपर्ने देखिएन । उहाँका छोरा सुलभलाई थुनामै राखेर अनुसन्धान गर्ने निर्णय गरेका छौँ ।’














