Skip

Hamro Sanchar

मन्त्री घिसिङ भन्छन् : चुनावमा जाने नै भएपछि सबै नयाँ शक्ति मिलेर जानुपर्छ भन्नेमा हामी एक छौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ९ गते


काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले राजनीतिबाट पछि हट्ने सोचमा नभएको र आगामी प्रतिनिधि सभा निर्वाचनमा नयाँ शक्ति मिलेर अघि बढ्ने स्पष्ट पारेका छन्।

बुधबार १ सय दिनको काम सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘म मन्त्रीका रूपमा आएपछि राजनीतिक हिसाबले पनि इन्ट्री गरेको हुँ। मन्त्रीको हैसियतले जिम्मेवारी बहन गर्दै अघि बढिरहेको छु। उपयुक्त समयमा चुनावका लागि आवश्यक निर्णय लिनेछौँ।’

मन्त्री घिसिङले आगामी चुनावमार्फत नयाँ सक्षम नेतृत्व ल्याउन र देशमा स्थायी परिवर्तन सुनिश्चित गर्न सबै नयाँ शक्तिलाई एकजुट हुने प्रतिवद्धता व्यक्त गरे।
‘अब चुनावमा जाने नै भएपछि सबै नयाँ शक्ति मिलेर जानुपर्छ भन्नेमा हामी एक छौँ,’ उनले भने, ‘यसले देशका लागि परिवर्तनलाई संस्थागत गर्न र आगामी नेतृत्व सही ल्याउन सहयोग गर्नेछ। सबैले आ-आफ्नो क्षेत्रमा योगदान पुर्‍याउन पछि हट्न हुँदैन।


प्रतिकृया दिनुहोस्