Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विप्लव नेतृत्वको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र : नाम नेकपा (माओवादी)

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २ गते


Advertisement

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ।

मंगलबार विप्लवसहितका नेताहरू आयोगमा पुगेर प्रमाण पत्र बुझेका हुन्।

पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (माओवादी) राखिएको छ । यो नाम २०५२ सालमा जनयुद्ध सुरु गर्दाको पार्टीको नाम हो।

कात्तिक ११ गते निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिँदा ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखिएको थियो। पछि नाम परिवर्तन गरी पुनस् निवेदन दिएका थिए।

यसअघि विप्लव नेतृत्वको पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ थियो।

आयोगमा यो दलको दर्ता नं २१० रहेको छ। पार्टीको चुनाव चिन्ह गुलावको फूल रहेको छ। विप्लवले आगामी निर्वाचनमा भाग लिने तयारी गरिरहेका छन्।


प्रतिकृया दिनुहोस्