Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रचण्ड भन्छन् : तोकिएकै समयमा निर्वाचन गर्न सबैको सहमति चाहिन्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १ गते


Advertisement

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलहरूको सहमति आवश्यक रहेको बताएका छन्।

संयोजक दाहालले सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै सबै राजनीतिक दलहरूको सहमति भए निर्वाचनको वातावरण बन्ने बताए ।

‘सबै सहमत भएर सबैले जिम्मेवारीपूर्वक र गम्भीरताको साथ निर्वाचन प्रक्रियामा लाग्नुपर्छ’ उनले भने, ‘घोषित निर्वाचन समयमा नै हुनुपर्छ । समयमा नै होस् भन्नको निम्ति वातावरण बनाउन सबैको बीचमा सहमति चाहिन्छ ।’

उनले सरकारले घोषणा गरेको फागुन २१ गते नै निर्वाचन हुनुपर्नेमा जोड दिए । पार्टीको पूर्वपदाधिकारीहरूको बैठक मंगलबा टुङ्ग्याउने उनले जानकारी दिए ।

‘जिम्मेवारी बाँडफाँड र एकताको सन्देश समानान्तर रूपले लैजाने भन्ने भएको छ । धेरै राम्रा सुझावहरू आएका छन् । हामी भोलि टुङ्ग्याउँछौं,’ उनले भने ।


प्रतिकृया दिनुहोस्