Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रधानमन्त्री कार्कीविरुद्ध अदालतमा अवहेलना मुद्दा दर्ता, मंसिर ७ गते पेसी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १ गते


Advertisement

प्रधानमन्त्री कार्कीविरुद्ध अदालतमा अवहेलना मुद्दा दर्ता, मंसिर ७ गते पेसी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ।

सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीविरुद्ध सोमबार सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको हो। राजदूत फिर्ता बोलाउने निर्णय यथास्थितिमा राख्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगरेको भन्दै उनीविरुद्ध मुद्दा दर्ता भएको हो।

अधिवक्ता प्रेम सिलवालले दायर गरेको रिटको पेसी यही मंसिर ७ गतेलाई तोकिएको छ।

अघिल्लो सरकारले नियुक्त गरेका ११ देशका राजदूतलाई कार्की नेतृत्वको सरकारले फिर्ता बोलाउने निर्णयक गएको असोज ३० गते गरेको थियो ।

त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न कात्तिक १६ गते अन्तरिम आदेश दिएको थियो।


प्रतिकृया दिनुहोस्