Skip

Hamro Sanchar

प्रधानमन्त्रीको आग्रहपछि मतदाता नामावली संकलनको समय थप्ने आयोगको तयारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २८ गते


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीमा नाम दर्ता गर्ने (नामावली संकलन)समय थप गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन् ।

मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी प्रधानमन्त्री कार्कीले म्याद थपका लागि आग्रह गरेकी उनको सचिवालयले जानकारी दिएको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग आज  टेलिफोनमा कुराकानी गर्दै कार्कीले म्याद थपका लागि आग्रह गरेकी हुन् ।

यसबारे आयोग सकारात्मक रहेको र पाँच दिन म्याद थप्न सकिने जानकारी भण्डारीले प्रधानमन्त्रीलाई दिएका छन् । आयोगले कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने समय तोकेको छ ।

राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि हिजोबाट अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ ।

यसैबीच प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्याका विषयमा पनि चासो व्यक्त गरेकी थिइन् । त्यो विषय पनि समाधान गर्दै अघि बढिरहेको भण्डारीले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्